Blogs

Gashisoukou (Monthly Ceremony)

Gashisoukou (Monthly Ceremony)

13th February 2026

Arigatou gozaimasu.

on February 13, we held Gasshisoukou (monthly ceremony) session in HBS NepalKathmandu Center and Shanti Dharma Stupa. Thank you everyone who participated to offer the first chanting in gratitude and first donation of the month to the Gohouzen.

The day was also important as it was the Gomeinichin(Passing away date) of our Great MasterNichiren Shounin. Let us always remember to express our gratitude to the Masters on the important days. It is through their compassion that we are able to practice the Dharma and receive the Benefits.

Members who were not able to participate this month, we urge them to make their utmost effort to make compulsory participation in the upcoming monthly ceremonies, and start the new month with gratitude in heart and safety and protection from the Gohouzen.

Thank you so much for your Gohoukou this time.

we look forward to seeing you everyday.

Arigatou gozaimasu.


अरिगातो गोजाइमास।

फेब्रुअरी १३ तारिखका दिन, हामीले HBS नेपाल काठमाडौं सेन्टर तथा शान्ति धर्म स्तुपामा गाशिसौको (मासिक समारोह) सफलतापूर्वक सम्पन्न गर्यौं। महिनाको पहिलो गोहोकोउ (जप) श्रद्धापूर्वक अर्पण गर्न तथा गोहोउजेनप्रति कृतज्ञतास्वरूप महिनाको पहिलो दान अर्पण गर्न सहभागी हुनुहुने सम्पूर्ण साधक तथा सदस्यहरूलाई हार्दिक धन्यवाद।

उक्त दिन हाम्रो महान गुरु निचिरेन शोनिनको गोमेइनिचि (महापरिनिर्वाण दिवस) पनि परेको हुनाले यो दिन अझ विशेष र महत्वपूर्ण थियो। महत्त्वपूर्ण दिनहरूमा गुरुहरूप्रति कृतज्ञता प्रकट गर्न सधैं सम्झिरहनुहोस्। गुरुहरूको करुणाकै कारण हामी धर्म अभ्यास गर्न सक्षम भएका छौं र लाभ प्राप्त गरिरहेका छौं।

यस महिनामा सहभागी हुन नसक्नु भएका सदस्यहरूलाई आगामी मासिक समारोहहरूमा अनिवार्य रूपमा सहभागी हुन अधिकतम प्रयास गर्न हार्दिक अनुरोध गर्दछौं, र कृतज्ञ हृदयसहित नयाँ महिनाको सुरुवात गर्दै गोहोउजेनबाट सुरक्षा र संरक्षण प्राप्त गरौं।

यसपटकको तपाईंहरूको गोहोकोका लागि धेरै धेरै धन्यवाद।

हामी तपाईंहरूसँग हरेक दिन भेट्ने आशा राख्दछौं।

अरिगातो गोजाइमास।