Blogs

Oeshiki Ceremony

Oeshiki Ceremony

11th April 2026

Arigatou gozaimasu

It is with great delight and deep gratitude that we invite you to a truly auspicious occasion at the Kathmandu Center.

Oeshiki Grand Ceremony

The Oeshiki ceremony is one of the most significant events for HBS Temples worldwide. It is a sacred time where we gather to express our profound gratitude to the Great Masters—Nichiren Shounin, Nichiryu Shounin, and Nissen Shounin—whose tireless efforts allow us to practice True Buddhism and receive wonderful benefits today.

This is the first time we are celebrating Oeshiki in Nepal, and we invite everyone to join this meritous occasion.

A Special Visit from Most Reverend Master Seijun Nichio Nagamatsu

We are exceptionally honored to announce that the ceremony will be conducted by the Most Reverend Master Seijun Nichio Nagamatsu. Master Nagamatsu has dedicated himself tirelessly to the revival of True Buddhism in Nepal and has been instrumental in training many wonderful believers within our growing Sangha.

The Master will be performing Gohoukou in Nepal from April 13th to April 19th. This is a rare and precious opportunity to receive his direct guidance and experience the "Living Dharma" that transforms destiny and brings actual proof of faith into our lives.

Event Details

  1. Date: April 18th (Saturday)
  2. Time: 10:00 AM
  3. Location: HBS Nepal Kathmandu Center

"Come with your family and friends!"

Join us as we chant the sacred mantra, Namu Myo Ho Ren Ge Kyo, and walk together in the spirit of the "True Buddhism"—turning prayer into action for the prosperity of ourselves, our community and nation.

We look forward to welcoming you to this day of spiritual revival and joy.

आरिगातो गोजाइमास

हामी अत्यन्त हर्ष र गहिरो कृतज्ञताका साथ तपाईंलाई काठमाडौँ केन्द्रमा आयोजना हुन गइरहेको अत्यन्तै शुभ अवसरमा हार्दिक निमन्त्रणा गर्दछौँ।

ओएशिकी भव्य समारोह

ओएशिकी समारोह विश्वभरका HBS मन्दिरहरूका लागि अत्यन्त महत्वपूर्ण आध्यात्मिक अवसर हो। यो पवित्र समय हो, जहाँ हामी महान गुरुहरू—निचिरेन शोनिन , निचिर्यु शोनिन, र निस्सेन शोनिन—प्रति गहिरो कृतज्ञता व्यक्त गर्न एकत्रित हुन्छौँ। उहाँहरूको अथक प्रयासका कारण आज हामी साँचो बौद्ध धर्मको अभ्यास गर्न र अद्भुत लाभहरू प्राप्त गर्न सक्षम भएका छौँ।

यो नेपालमा पहिलो पटक ओएशिकी मनाइँदैछ, र यस पुण्यमय अवसरमा सबैलाई सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौँ।

परम पूज्य गुरु सेइजुन निचिओ नागामात्सुज्यूको विशेष आगमन

हामी अत्यन्त गौरवान्वित छौँ कि यो समारोहको संचालन परम पूज्य गुरु सेइजुन निचिओ नागामात्सुज्यू द्वारा हुनेछ। मास्टर नागामात्सुज्यूले नेपालमा साँचो बौद्ध धर्मको पुनर्जागरणका लागि निरन्तर समर्पण गर्नुभएको छ र हाम्रो बढ्दो संघभित्र धेरै उत्कृष्ट श्रद्धालुहरूलाई प्रशिक्षण दिन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ।

गुरुले अप्रिल १३ देखि अप्रिल १९ सम्म नेपालमा गोहोको सम्पन्न गर्नुहुनेछ। उहाँको प्रत्यक्ष मार्गदर्शन प्राप्त गर्ने र भाग्य परिवर्तन गर्ने तथा आस्थाको प्रत्यक्ष प्रमाण जीवनमा अनुभव गर्ने “जीवित धर्म” साक्षात्कार गर्ने यो दुर्लभ र अमूल्य अवसर हो।

कार्यक्रम विवरण

• मिति: बैशाख ५ (शनिबार)

• समय: बिहान १०:०० बजे

• स्थान: HBS नेपाल काठमाडौँ केन्द्र

आफ्नो परिवार र साथीहरूसहित अवश्य आउनुहोस्

आउनुहोस्, हामी सबै मिलेर पवित्र मन्त्र नामु म्यो हो रेन गे क्यो जप गरौँ र “साँचो बौद्ध धर्म” को भावनामा अघि बढौँ—जहाँ प्रार्थनालाई कर्ममा रूपान्तरण गर्दै आफ्नै, समुदायको र राष्ट्रको समृद्धिका लागि साथसाथै अघि बढिन्छ।

यस आध्यात्मिक जागरण र आनन्दको दिनमा तपाईंलाई स्वागत गर्न हामी आतुर छौँ।