Blogs

New Year Celebration

New Year Celebration

7th April 2026

Arigatou gozaimasu

We are deeply blessed to share the joyful news that our most beloved and venerable Master Seijun Nichio Nagamatsu, will be visiting Nepal from April 13 to April 19.

This precious visit allows us the rare fortune to welcome the Nepali New Year on April 14 in the direct presence of the Master. On this auspicious day, he will graciously conduct the New Year Ceremony at:

  1. 10:00 A.M. — HBS Kathmandu Center
  2. 5:00 P.M. — Shanti Dharma Stupa

The New Year is a sacred opportunity for all practitioners to reflect upon the past year, sincerely atone for our shortcomings, and step forward with renewed faith and determination in the practice of the Odaimoku. How immeasurable is our fortune to do so under the compassionate guidance of the Master himself!

We humbly encourage all faithful members to take part in these ceremonies and receive direct guidance and inspiration. Please feel most welcome to invite your family and friends to join in this blessed celebration together.

Let us gather in unity, gratitude, and joyful faith as we begin the New Year in the presence of our revered Master.

Namu Myo Ho Ren Ge Kyo


आरिगातो गोजाइमास

हामी अत्यन्त धन्य र कृतज्ञ छौँ कि हाम्रो अत्यन्त प्रिय र पूजनीय गुरु मास्टर Seijun Nichio Nagamatsu अप्रिल १३ देखि अप्रिल १९ सम्म नेपाल भ्रमणमा आउनुहुने शुभ समाचार साझा गर्न पाएका छौँ।

यस अमूल्य आगमनले हामीलाई अप्रिल १४ मा पर्ने नेपाली नयाँ वर्षलाई गुरुज्यूको प्रत्यक्ष सान्निध्यमा स्वागत गर्ने दुर्लभ सौभाग्य प्रदान गरेको छ। यस शुभ दिनमा उहाँले नयाँ वर्षको विशेष समारोह निम्न स्थानहरूमा सञ्चालन गर्नुहुनेछः

• बिहान १०:०० बजे — HBS काठमाण्डौ केंद्र

• साँझ ५:०० बजे — शान्ति धर्म स्तूप

नयाँ वर्ष सम्पूर्ण साधकहरूको लागि विगत वर्षलाई आत्मचिन्तन गर्ने, आफ्ना कमजोरीहरूका लागि हार्दिक प्रायश्चित गर्ने, र ओदाइमोकुको अभ्यासमा नवीकृत श्रद्धा र दृढ सङ्कल्पका साथ अघि बढ्ने एक पवित्र अवसर हो। यस्तो महत्वपूर्ण दिनमा गुरुज्यूको करुणामय मार्गदर्शनमा रहन पाउनु हाम्रो लागि अपरिमेय सौभाग्य हो।

यस पवित्र समारोहमा सहभागी भई प्रत्यक्ष मार्गदर्शन र प्रेरणा प्राप्त गर्न हामी सम्पूर्ण श्रद्धालु सदस्यहरूलाई विनम्र आग्रह गर्दछौँ। कृपया आफ्नो परिवार तथा साथीहरूलाई पनि यस पुण्य उत्सवमा सहभागी हुन निमन्त्रणा गर्नुहोस्।

आउनुहोस्, हामी सबै एकता, कृतज्ञता र आनन्दमय श्रद्धाका साथ पूजनीय गुरुज्यूको सान्निध्यमा नयाँ वर्षको सुरुवात गरौँ।

नामु म्यो हो रेन गे क्यो